Wednesday, June 21, 2017

‘प्रेमगीत २’ ट्रेलरमा ‘लाइक’ भन्दा ‘डीसलाइक’ धेरै, कारण के ?

साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको
चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको संख्या धेरै देखिएको छ ।यो समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलरमा १४ हजार बढीले लाइक गरेका छन् भने १६ हजार बढीले डीसलाइक गरेका छन् । राम्रो समिक्षा पाइरहेको यो ट्रेलरमा डीसलाइक धेरै आएपछि यसको निर्माणपक्षले अहिले यसको जवाफ दिइरहेको छ ।

निर्माता सन्तोष सेनका अनुसार नेपालीहरु कम बस्ने देशबाट बढी डीसलाइक गरिएको छ । चिलि, कोलम्बो, पेरु लगायतका देशबाट
सबैभन्दा धेरै डीसलाइक गरिएको छ । अमेरिकाबाट पनि लाइक भन्दा बढी डीसलाइक गरिएको छ ।

निर्माता सेनले पैसा नै खर्च गरेरे नेपालीहरु कम बस्ने देशबाट डीसलाइक गरिएको दाबी गरेका छन् । उनले आफूहरुले यस बिषयमा अझै अनुसन्धान गरिरहेको पनि बताए ।

हुनत, पछिल्लो समयमा नेपाली चलचित्रका ट्रेलर वा गीतलाई पैसा लिएर नै लाइक बढाइदिने वा डीसलाइक बढाइदिने समूह अहिले सक्रिय रहेको चर्चा चल्न थालेको छ ।

साउन १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । प्रदिप खड्का र अश्लेषा ठकुरी चलचित्रको मुख्य भूमिकामा छन् ।

Tuesday, June 20, 2017

सिंहदरबारकै दुर्दशा, जोगाउन प्लाष्टिकले छोपियो !

असार, काठमाडौं । भूकम्पको दुई वर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ ।




भूकम्पबाट क्षति पुगेको पश्चिम मोहनालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको आजको कारोबार दैनिकमा खबर छ ।
एक सय वर्षभन्दा पुरानो सिंहदरबारलाई भत्काउने कि यसलाई रिट्रोफिटिङ (प्रवलीकरण) गर्नेबारे विवाद भएकोमा पुरातात्विक सम्पदालाई जोगाउनुपर्ने भन्दै प्राधिकरणले रिट्रोफिटिङ गर्ने निर्णय गरेको थियो ।

 भूकम्पअघि प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयहरु रहेको सो पुरातात्विक भवन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको थियो ।

Tuesday, June 13, 2017

बुढीगण्डकीको स्थलगत रिपोर्टः गोरखाबासी भन्छन्– नेताले जे भनुन्, बिजुली निकाल्नुपर्छ | चिनियाँ गेजुवा कम्पनी ‘गर या मर’ को स्थितिमा

३१ जेठ, गोरखा । सरकारले बुढीगण्डकी आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप अफ कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको २० दिन बित्न नपाउँदै चीनबाट आएको एक टोली गोरखा पुगेको छ ।

चिनियाँ टोली आयोजना स्थलमा पुगेकै बेला हामीले केही स्थानीयवासीहरुसँग उनीहरुका धारणा बुझ्ने प्रयास गर्‍यौं | डा. बाबुराम भट्टराई गृहजिल्लाबासीहरुले यो आयोजना बन्नुपर्ने बताए । सोमबार बुढीगण्डकी विकास समितिमा मुआब्जाको निवेदन दिन आएका अधिकांश गोर्खाबासीले यो आयोजना अघि बढ्नुपर्ने एक स्वरले बताए ।

बुढीगण्डकी आयोजना निर्माणका क्रममा गोर्खाको डुबान क्षेत्रमा पर्ने बसेरीका ७२ वर्षीय लोकनारायण श्रेष्ठले भने– ‘नेताहरुले जेसुकै भनुन्, हामीलाई चित्त बुझाएर मुआब्जा दिउन्, हामी विकास रोक्ने पक्षमा छैनाैं, जसले निर्माण गरे नि गरुन् ।’

सरकारले चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दियो रे भन्ने उनले हालै मात्रै सुनेका रहेछन् । श्रेष्ठले थपे– ‘कसलाई निर्माण गर्न दिने भन्ने राज्यको कुरो हो, हामीलाई यसमा केही आपत्ति छैन । यति हो कि यो आयोजना बन्दा यहाँका स्थानीयले गोर्खाकै कल्लेरी कोस्टारका लालबहादुर मगर पनि आयोजना बनाउनुपर्ने अडानमा छन् । चित्तबुझ्दो मुआब्जा पाउनुपर्ने उनको माग छ । उनले भने ‘कतिको जग्गै थोरै छ, तिनलाई भने यही आयोजनामा रोजगारी पनि दिनुपर्छ, हामीलाई अर्काे ठाउँमा पनि गएर खेती किसानी गरेर बस्न सक्ने गरी व्यवस्था गरियोस् ।’

चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा लगाएको उनले थाहा पाएका छन् । उनी थप्छन्– ‘जसले निर्माण गरे पनि पछि नेपाल सरकारकै हो, त्यसले त निर्माण मात्रै गर्ने त हो, निर्माण गर्न सरकारले बुझेरै दिएको त होला नि ।’

यो आयोजनाका कारण विस्थापित हुनेहरुले विकास निर्माण रोक्ने पक्षमा नरहेको बताए ।

‘गर वा मर’ को अवस्थामा गेजुवा

चिनियाँ कम्पनी गेजुवाका अधिकारीहरु यो आयोजनालाई जसरी पनि समयमै निर्माण सम्पन्न गर्ने योजनामा छन् । यसअघि गेजुवाले नेपालमा निर्माण गरेका आयोजनाहरु समयमै सम्पन्न भएका छैनन् । हरेक आयोजनामा केही न केही लफडा देखिएका छन् । यही कारण अहिले बुढीगण्डकी आयोजना गेजुवालाई दिने निर्णयको आलोचना भइरहेको छ ।

आलोचना भएकै कारण पनि अहिले गेजुवाका प्रतिनिधिहरु खुलेर बोल्न सकिरहेका छैनन् । गेजुवाका एक अधिकारीले भने ‘अब मात्र एकपटक अवसर दिनुहोस्, हामीले यसअघिका काममा भएका आलोचना समेत पखाल्ने गरी यो योजना निर्माण गर्नेछौं, किनकि हामी ‘डु अर डाई’ को स्थितिमा छौं ।’

नेपालमा गेजुवाका आयोजनामा केही न केही दोष देखिन थालेपछि नेपालमा रहेको चिनियाँ कम्पनीको टोलीप्रति नै मुख्यालयको अविश्वास बढेको स्रोत बताउँछ । यो अविश्वास निराकरण गर्नकै लागि भए पनि नेपाल रहेको चिनियाँ टोलीले यो आयोजना जसरी भए पनि समयमै निर्माण सम्पन्न गर्ने सोच बनाएको गोरखा पुगेका कम्पनीका अधिकारीले बताए ।

गेजुवाका नेपालस्थित अधिकारीहरु आफुहरुलाई २४ सै घण्टा काम गर्ने गरी निर्देशन आएको बताउँछन् । उनीहरु अबको ६ महिनाभित्रै आयोजनाको पुनःअध्ययन सक्ने योजनामा छन् ।

फ्रान्सेली कम्पनी ट्रयाक वेलले तयार गरेको बूढीगण्डकीको डीपीआरको अध्ययन गर्ने काम उनीहरुले यही ६ महिनाभित्रै सम्पन्न गर्ने योजना बनाएका छन् ।

गेजुवाका अधिकारीहरु सरकारसँग निर्माण सम्झौता गरेकै दिनदेखि बुढीगण्डकीमा सिभिलतर्फको काम गर्ने सोचमा रहेका छन् ।‘काठमाडौंमा सम्झौतामा हस्ताक्षर भएको केही घन्टाभित्रै यहाँ काम सुरु हुन्छ,’ आयोजनास्थल निरीक्षण गर्न आएका गेजुवाका उच्च अधिकारीले भने ।

यो आयोजना पनि समयमै निर्माण गर्न नसके नेपालमा अबका आयोजनाहरुमा गेजुवाको दाबी कमै मात्र हुने सम्भावना छ । किनकि उनीहरुले यसलाई नेपालमा आफ्नो अन्तिम परीक्षाका रुपमा हेरेका छन् । यहाँ सफल भएमा यो आयोजनाले यसअघिका आयोजनाका कारण कम्पनीका सम्बन्धमा बनेका नकारात्मक दृटिकोण सबै पखालिने उनीहरुको आँकलन छ ।

गत जेठ ९ गतेको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।

बूढीगण्डकी आयोजनालाई इञ्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिइएको छ ।

गेजुवाले २२ मेगावाटको चिलिमे बनाउन नसकेको र ३० मेगावाटको चिलिमे आयोजना बनाउन १० वर्ष लगाएकाले उसले १२ सय मेगावाटको यो आयोजना बनाउनेमा कैयनको आशंका छ ।

यो कम्पनीलाई नेपालमा एक अर्ब १६ करोड रुपैयाँको नक्कली भ्याट बिल बनाएर राजस्व छली गरेको पनि दागसमेत लागेको छ । १८ महिना विश्व बैंकको ठेक्कापट्टामा सहभागी हुन नपाउने गरी कारबाहीमा परेको चिनियाँ कम्पनीलाई जिम्मा लगाइयो भनेर अहिले पूर्वउर्जामन्त्री जनार्दन शर्माको पनि कैयनले आलोचना गरेका छन् । तर मुख्य राजनैतिक दलहरु भने यसमा मौन छन् ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यो आयोजना गेजुवालाई दिँदा भ्रष्टाचार भएको दाबी गरेका छन् । नयाँ शक्ति पार्टीबाहेक अन्य पार्टीले भने गेजुवालाई निर्माण गर्न दिने बारेमा खुलेर आलोचना गरेका छैनन् ।

Friday, June 9, 2017

गोसाइँकुण्ड उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबाट जोगियो |

२७ जेठ, रसुवा । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ ।


छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ ।हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन्
।हेलिकप्टर मर्मत गरी काठमाडौं लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

Thursday, June 8, 2017

चमत्कारी गुफा, जहाँ भित्र छिरेपछि रोगब्याधी निको हुन्छन् |

एक्काइसौं शताब्दीको अहिलेको युगमा गुफा छिरेर रोग निको हुन्छन् भनेर भन्यो भनी मूर्ख ठान्लान् सबैले । अस्पतालमा गएर डाक्टरसँग उपचार गराउनु नै उतर कहिलेकाहीँ अस्पताल गएर जति उपचार गराउँदा पनि रोग निको नभएपछि मानिसले चित्त बुझाउनका लागि अनेक उपाय गर्दछ । सायद यो गुफाभित्र छिर्नु पनि एउटा यस्तै उपाय हो ।पचारको एकमात्र विकल्प हो भन्नेअष्ट्रियामा एउटा यस्तो गुफा फेला परेको छ जुन गुफा भित्र  ठानिन्छ अहिले ।छिरिसकेपछि गम्भीर रोगव्याधी पनि आफैं निको हुन्छ भन्ने मान्यता छ ।

वास्तवमा यसको एक वैज्ञानिक कारण पनि छ । यो गुफाभित्र एउटा विशेष ग्यास पाइन्छ । उक्त ग्यासले मानिसको शरीरमा रहेका विभिन्न रोग निको बनाउने विश्वास गरिन्छ ।

अष्ट्रियाको गस्टिनमा छ यो गुफा । सुनखानीको खोजी गर्ने क्रममा उक्त गुफा फेला परेको थियो । अहिले उक्त गुफामा प्राकृतिक उपचारका लागि मानिसहरु युरोपका विभिन्न देशबाट आउने गरेका छन् ।

यो गुफामा पाइने ग्यास रेडन ग्यास हो । जसबाट विभिन्न रोगको उपचार सम्भव छ । यो एक विकिरणजन्य ग्यास हो । यसले गुफाको उष्ण वातावरणमा कैयन् रोगहरुमाथि गहिरो प्रभाव देखाउँदछ ।
बाथ तथा पसोरिएसिस जस्ता रोगको उपचारका लागि यो गुफागमन निकै लाभदायी रहेको अनुभव मानिसहरुको छ ।

मानिसहरु यो गुफाभित्र छिरेर जिउ अर्धनग्न बनाएर मज्जाले बस्ने तथा सुत्ने गरिरहेका हुन्छन् ता की शरीरमा उक्त ग्यासले मज्जाले प्रभाव जमाउन सकोस् र जीउभित्रका रोग मेटाओस् ।

देउवाले भने-चुनावपछि सरकार विस्तार हुन्छ, अहिले गाउँ जानोस्

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिने बताउँदै आफ्नो पार्टीका नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरेका छन् ।मन्त्री पदका लागि दर्जनौं सांसदहरुले देउवासम्म पुग्न पहुँच प्रयोग गरिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब दोस्रो चरणको चुनावपछि मात्र मन्त्रिपरिषद विस्तार हुने भन्दै सांसदहरुलाई काठमाडौंमा भिडभाड नगरी चुनावमा खट्न निर्देशन दिएका छन् ।

रामचन्द्र पक्षलाई ४ मन्त्रालय, दाबेदार कोको ?

पहिलो चरणमा आफ्नो पक्षका मात्रै मन्त्री राखेर सानो मन्त्रिपरिषद बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले रामचन्द्र पौडेल पक्षलाई बढीमा ४ मन्त्रालय दिने तयारी गरेका छन् । कांग्रेसको भागमा १० मन्त्रालय पर्ने सत्तारुढ गठबन्धनवीच सहमति भएको छ ।

कांग्रेसले पाउने १० मध्ये यसअघि नै तीनजना मन्त्री भइसकेका छन् । गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फर्मूल्लाह मन्सुर तीनैजना देउवा पक्षका हुन् । अब देउवा पक्षबाट तीनजना मात्रै मन्त्री थपिनेछन् । बाँकी पौडेल पक्षले पाउनेछ ।

पौडेल पक्षले मन्त्रालय टुंगो लाग्नासाथ आफ्नो पक्षका ४ जनाको नाम देउवालाई बुझाउने तयारी गरेको छ । मन्त्रालय नभनी मन्त्रीको नाम नदिने सन्देश रामचन्द्र पौडेलले देउवालाई पठाइसकेका छन् ।

पौडेल पक्षले अर्थ मन्त्रालय देउवाले आफ्ना निकटस्थ ज्ञानेन्द्र कार्कीलाई दिएपछि अब भौतिक पूर्वाधार आफ्नो समूहले पाउनुपर्ने माग गरेको छ । भौतिक पूर्वाधार मन्त्रालय पाएमा बलबहादुर केसीलाई पठाउने पौडेल पक्षको तयारी छ ।

पौडेल पक्षबाट मन्त्रीका लागि डा.नारायण खड्का, बद्री पाण्डे, रामकृष्ण यादव, जीवन परियार र सरिता प्रसाईको नाममा छलफल भइरहेको छ । राजन केसीको नाम पनि प्रस्तावमा ल्याइएको छ ।

देउवा पक्षबाट कोको ?

देउवा पक्षबाट अब मन्त्री थपिने तीनैजना नयाँ अनुहार हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । ललितपुरका मदन अमात्य, सुनसरीका मीन विश्वकर्मा, पाँचथरका भीष्म आङदेम्बे, काठमाडौंका ध्यान गोविन्द रञ्जित र डोटीका वीरवहादुर बलायर देउवाको प्राथमिक सूचीमा छन् ।

त्यसैगरी देउवा पक्षबाट भरतकुमार शाह, रामहरि खतिवडा लगायतले पनि विमलेन्द्र निधी मार्फत देउवामाथि दबाव बढाएका छन् ।

खुमबहादुर खड्काले आफ्नो कोटाबाट सिन्धुपाल्चोकका मोहन बस्नेतलाई मन्त्री बनाउन दबाब दिएका छन् । यसअघि खड्काको कोटाबाट शंकर भण्डारी मन्त्री भएका थिए । भण्डारी र बस्नेत दुवै खुमबहादुर निकट ‘बाहुबली’ नेता हुन् ।

Wednesday, June 7, 2017

दुनियाकै महंगो रक्सी कम्पनीले खोल्यो क्याम्पस, अब रक्सीमै डिग्री गर्न पाइने !

विश्वको सबैभन्दा महंगो मदिरा उत्पादक कम्पनी केवेइचो माउताईले एउटा विश्वविद्यालय स्थापना गर्दैछ । रक्सी कम्पनीले खोल्ने उक्त विश्वविद्यालयमा मदिराजन्य पेय पदार्थकै बारेमा विद्यार्थीहरुले अध्ययन गरी डिग्री हासिल गर्न सक्नेछन् ।चिनिया सरकारी मदिरा कम्पनी माउताईले खोल्ने विश्वविद्यालयको नाम माउताई विश्वविद्यालय हो । दक्षिणी ग्वान्झाउ प्रान्तको रेन्हुई सहरमा यो विश्वविद्यालय खुल्नेछ । शिक्षा

२ करोड ८० लाख डलरको लागतमा स्थापना हुने विश्वविद्यालय १३ हेक्टर क्षेत्रफलमा फैलिएको हुनेछ ।

चिनिया पेय पदार्थ कम्पनीहरुमा दक्ष जनशक्तिको अभाव भैरहेको अवस्थामा यो विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादनमा सहयोग पूराउने विश्वास गरिएको छ ।

माउताई ब्राण्डको रक्सीलाई चीनमा राष्ट्रिय पेय पदार्थ मानिन्छ र राष्ट्रिय समारोहहरुमा यो अनिवार्य जस्तै छ । साथै चिनिया सरकारी अधिकारीले विदेशी पाहुनाहरुलाई दिने उपहारको रुपमा पनि यो रक्सी रहेको छ ।

तर पछिल्लो समयमा यो महंगो रक्सी घुसको रुपमा दिने वस्तु समेत बनेपछि यो विवादमा समेत पर्दै आएको छ । सन् २०१४ मा भ्रष्टाचार विरुद्ध सरकारको कडा कदमपछि माउताई रक्सीको बिक्रि ह्वात्तै घटेको थियो ।

माउताई ब्राण्डका रक्सीको मूल्य निकै उच्च छ । एक बोतल माउताईको मूल्य १३ सय युआन अर्थात् १६६ अमेरिकी डलर पर्दछ । यो ब्राण्डका रक्सीको ९५ प्रतिशत बिक्रि चीनभित्रै हुने गरेको छ।
मन्त्रालयबाट सम्बन्धत प्राप्त गरेसँगै विश्वविद्यालयमा पढाई सुरु हुनेछ ।सुरुमा स्थानीय ६ सय जना विद्यार्थीलाई भर्ना गरिनेछ र उनीहरुले विश्वविद्यालयमा वाइन उत्पादन, खाद्य गुणस्तर, खाद्य सुरक्षा जस्ता पाठ्यक्रम पढ्न पाउनेछन् ।




‘प्रेमगीत २’ ट्रेलरमा ‘लाइक’ भन्दा ‘डीसलाइक’ धेरै, कारण के ?

साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको...