Sunday, June 4, 2017

‘डी सिने अवार्ड’मा २० विधामा ‘छक्का पन्जा’, नायक-नायिकामा को-को परे ?



यसबर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौडामा हुने भएको छ । शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था ‘छायाँछवी क्रियशन’ले असार २२ गते हेटौडामा अवार्ड सम्पन्न गर्ने जनाएको छ ।
गतबर्ष प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्र यसवर्षको अवार्डमा सहभागी भएका छन् । २९ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । मनोयनमा चलचित्र ‘छक्का पञ्जा’ सबै भन्दा बढी २० विधामा मनोनयनमा परेको छ ।
‘गाजलु १३ विधा, लुट-२’ ११ विधामा, ‘जात्रा’ दश विधामा मनोनयनमा परेको छ । त्यस्तै ‘पुरानो डुंगा’ ९ विधामा, निर्भय ६ विधामा, जंगे, के म तिम्रो होइन र दर्पण छायाँ-२, विरविक्रम र किस्मत-२ पाँच/पाँच विधाका मनोयनमा पर्न सफल भएका छन् ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र
क्षेत्रमा लागेकाहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए ।
सल्लाहकार नरेन्द्र महर्जनले हेटौडामा अवार्ड आयोजना हुनु आफैमा महत्वपूर्ण रहेको भन्दै यसलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न आफूहरुले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । अवार्डमा भाग लिनका लागि ५० भन्दा बढी चलचित्रकर्मी हेटौडा पुग्नेछन् ।

No comments:

Post a Comment

‘प्रेमगीत २’ ट्रेलरमा ‘लाइक’ भन्दा ‘डीसलाइक’ धेरै, कारण के ?

साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको...