साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको
चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको संख्या धेरै देखिएको छ ।यो समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलरमा १४ हजार बढीले लाइक गरेका छन् भने १६ हजार बढीले डीसलाइक गरेका छन् । राम्रो समिक्षा पाइरहेको यो ट्रेलरमा डीसलाइक धेरै आएपछि यसको निर्माणपक्षले अहिले यसको जवाफ दिइरहेको छ ।
निर्माता सन्तोष सेनका अनुसार नेपालीहरु कम बस्ने देशबाट बढी डीसलाइक गरिएको छ । चिलि, कोलम्बो, पेरु लगायतका देशबाट
सबैभन्दा धेरै डीसलाइक गरिएको छ । अमेरिकाबाट पनि लाइक भन्दा बढी डीसलाइक गरिएको छ ।
निर्माता सेनले पैसा नै खर्च गरेरे नेपालीहरु कम बस्ने देशबाट डीसलाइक गरिएको दाबी गरेका छन् । उनले आफूहरुले यस बिषयमा अझै अनुसन्धान गरिरहेको पनि बताए ।
हुनत, पछिल्लो समयमा नेपाली चलचित्रका ट्रेलर वा गीतलाई पैसा लिएर नै लाइक बढाइदिने वा डीसलाइक बढाइदिने समूह अहिले सक्रिय रहेको चर्चा चल्न थालेको छ ।
साउन १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । प्रदिप खड्का र अश्लेषा ठकुरी चलचित्रको मुख्य भूमिकामा छन् ।
Wednesday, June 21, 2017
Tuesday, June 20, 2017
सिंहदरबारकै दुर्दशा, जोगाउन प्लाष्टिकले छोपियो !
असार, काठमाडौं । भूकम्पको दुई वर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ ।
भूकम्पबाट क्षति पुगेको पश्चिम मोहनालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको आजको कारोबार दैनिकमा खबर छ ।
एक सय वर्षभन्दा पुरानो सिंहदरबारलाई भत्काउने कि यसलाई रिट्रोफिटिङ (प्रवलीकरण) गर्नेबारे विवाद भएकोमा पुरातात्विक सम्पदालाई जोगाउनुपर्ने भन्दै प्राधिकरणले रिट्रोफिटिङ गर्ने निर्णय गरेको थियो ।
भूकम्पअघि प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयहरु रहेको सो पुरातात्विक भवन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको थियो ।

Tuesday, June 13, 2017
बुढीगण्डकीको स्थलगत रिपोर्टः गोरखाबासी भन्छन्– नेताले जे भनुन्, बिजुली निकाल्नुपर्छ | चिनियाँ गेजुवा कम्पनी ‘गर या मर’ को स्थितिमा
३१ जेठ, गोरखा । सरकारले बुढीगण्डकी आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप अफ कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको २० दिन बित्न नपाउँदै चीनबाट आएको एक टोली गोरखा पुगेको छ ।
चिनियाँ टोली आयोजना स्थलमा पुगेकै बेला हामीले केही स्थानीयवासीहरुसँग उनीहरुका धारणा बुझ्ने प्रयास गर्यौं | डा. बाबुराम भट्टराई गृहजिल्लाबासीहरुले यो आयोजना बन्नुपर्ने बताए । सोमबार बुढीगण्डकी विकास समितिमा मुआब्जाको निवेदन दिन आएका अधिकांश गोर्खाबासीले यो आयोजना अघि बढ्नुपर्ने एक स्वरले बताए ।
बुढीगण्डकी आयोजना निर्माणका क्रममा गोर्खाको डुबान क्षेत्रमा पर्ने बसेरीका ७२ वर्षीय लोकनारायण श्रेष्ठले भने– ‘नेताहरुले जेसुकै भनुन्, हामीलाई चित्त बुझाएर मुआब्जा दिउन्, हामी विकास रोक्ने पक्षमा छैनाैं, जसले निर्माण गरे नि गरुन् ।’
सरकारले चिनियाँ कम्पनी गेजुवालाई निर्माण गर्न दियो रे भन्ने उनले हालै मात्रै सुनेका रहेछन् । श्रेष्ठले थपे– ‘कसलाई निर्माण गर्न दिने भन्ने राज्यको कुरो हो, हामीलाई यसमा केही आपत्ति छैन । यति हो कि यो आयोजना बन्दा यहाँका स्थानीयले गोर्खाकै कल्लेरी कोस्टारका लालबहादुर मगर पनि आयोजना बनाउनुपर्ने अडानमा छन् । चित्तबुझ्दो मुआब्जा पाउनुपर्ने उनको माग छ । उनले भने ‘कतिको जग्गै थोरै छ, तिनलाई भने यही आयोजनामा रोजगारी पनि दिनुपर्छ, हामीलाई अर्काे ठाउँमा पनि गएर खेती किसानी गरेर बस्न सक्ने गरी व्यवस्था गरियोस् ।’
चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा लगाएको उनले थाहा पाएका छन् । उनी थप्छन्– ‘जसले निर्माण गरे पनि पछि नेपाल सरकारकै हो, त्यसले त निर्माण मात्रै गर्ने त हो, निर्माण गर्न सरकारले बुझेरै दिएको त होला नि ।’
यो आयोजनाका कारण विस्थापित हुनेहरुले विकास निर्माण रोक्ने पक्षमा नरहेको बताए ।
‘गर वा मर’ को अवस्थामा गेजुवा
चिनियाँ कम्पनी गेजुवाका अधिकारीहरु यो आयोजनालाई जसरी पनि समयमै निर्माण सम्पन्न गर्ने योजनामा छन् । यसअघि गेजुवाले नेपालमा निर्माण गरेका आयोजनाहरु समयमै सम्पन्न भएका छैनन् । हरेक आयोजनामा केही न केही लफडा देखिएका छन् । यही कारण अहिले बुढीगण्डकी आयोजना गेजुवालाई दिने निर्णयको आलोचना भइरहेको छ ।
आलोचना भएकै कारण पनि अहिले गेजुवाका प्रतिनिधिहरु खुलेर बोल्न सकिरहेका छैनन् । गेजुवाका एक अधिकारीले भने ‘अब मात्र एकपटक अवसर दिनुहोस्, हामीले यसअघिका काममा भएका आलोचना समेत पखाल्ने गरी यो योजना निर्माण गर्नेछौं, किनकि हामी ‘डु अर डाई’ को स्थितिमा छौं ।’
नेपालमा गेजुवाका आयोजनामा केही न केही दोष देखिन थालेपछि नेपालमा रहेको चिनियाँ कम्पनीको टोलीप्रति नै मुख्यालयको अविश्वास बढेको स्रोत बताउँछ । यो अविश्वास निराकरण गर्नकै लागि भए पनि नेपाल रहेको चिनियाँ टोलीले यो आयोजना जसरी भए पनि समयमै निर्माण सम्पन्न गर्ने सोच बनाएको गोरखा पुगेका कम्पनीका अधिकारीले बताए ।
गेजुवाका नेपालस्थित अधिकारीहरु आफुहरुलाई २४ सै घण्टा काम गर्ने गरी निर्देशन आएको बताउँछन् । उनीहरु अबको ६ महिनाभित्रै आयोजनाको पुनःअध्ययन सक्ने योजनामा छन् ।
फ्रान्सेली कम्पनी ट्रयाक वेलले तयार गरेको बूढीगण्डकीको डीपीआरको अध्ययन गर्ने काम उनीहरुले यही ६ महिनाभित्रै सम्पन्न गर्ने योजना बनाएका छन् ।
गेजुवाका अधिकारीहरु सरकारसँग निर्माण सम्झौता गरेकै दिनदेखि बुढीगण्डकीमा सिभिलतर्फको काम गर्ने सोचमा रहेका छन् ।‘काठमाडौंमा सम्झौतामा हस्ताक्षर भएको केही घन्टाभित्रै यहाँ काम सुरु हुन्छ,’ आयोजनास्थल निरीक्षण गर्न आएका गेजुवाका उच्च अधिकारीले भने ।
यो आयोजना पनि समयमै निर्माण गर्न नसके नेपालमा अबका आयोजनाहरुमा गेजुवाको दाबी कमै मात्र हुने सम्भावना छ । किनकि उनीहरुले यसलाई नेपालमा आफ्नो अन्तिम परीक्षाका रुपमा हेरेका छन् । यहाँ सफल भएमा यो आयोजनाले यसअघिका आयोजनाका कारण कम्पनीका सम्बन्धमा बनेका नकारात्मक दृटिकोण सबै पखालिने उनीहरुको आँकलन छ ।
गत जेठ ९ गतेको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।
बूढीगण्डकी आयोजनालाई इञ्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्र्याक्ट विथ फाइनान्स (इपीसीएफ) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीलाई जिम्मा दिइएको छ ।
गेजुवाले २२ मेगावाटको चिलिमे बनाउन नसकेको र ३० मेगावाटको चिलिमे आयोजना बनाउन १० वर्ष लगाएकाले उसले १२ सय मेगावाटको यो आयोजना बनाउनेमा कैयनको आशंका छ ।
यो कम्पनीलाई नेपालमा एक अर्ब १६ करोड रुपैयाँको नक्कली भ्याट बिल बनाएर राजस्व छली गरेको पनि दागसमेत लागेको छ । १८ महिना विश्व बैंकको ठेक्कापट्टामा सहभागी हुन नपाउने गरी कारबाहीमा परेको चिनियाँ कम्पनीलाई जिम्मा लगाइयो भनेर अहिले पूर्वउर्जामन्त्री जनार्दन शर्माको पनि कैयनले आलोचना गरेका छन् । तर मुख्य राजनैतिक दलहरु भने यसमा मौन छन् ।
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले यो आयोजना गेजुवालाई दिँदा भ्रष्टाचार भएको दाबी गरेका छन् । नयाँ शक्ति पार्टीबाहेक अन्य पार्टीले भने गेजुवालाई निर्माण गर्न दिने बारेमा खुलेर आलोचना गरेका छैनन् ।
Friday, June 9, 2017
गोसाइँकुण्ड उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबाट जोगियो |
२७ जेठ, रसुवा । गोसाइँकुण्डका लागि यात्रु लिई काठमाडौंबाट उडेको मनाङ एयरको हेलिकप्टर केही बेर अगाडि अवतरणको क्रममा क्षति भएको छ ।
छ जना यात्रु बोकेको उक्त हेलिकप्टरको तेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ ।हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन्
।हेलिकप्टर मर्मत गरी काठमाडौं लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।
Thursday, June 8, 2017
चमत्कारी गुफा, जहाँ भित्र छिरेपछि रोगब्याधी निको हुन्छन् |
एक्काइसौं शताब्दीको अहिलेको युगमा गुफा छिरेर रोग निको हुन्छन् भनेर भन्यो भनी मूर्ख ठान्लान् सबैले । अस्पतालमा गएर डाक्टरसँग उपचार गराउनु नै उतर कहिलेकाहीँ अस्पताल गएर जति उपचार गराउँदा पनि रोग निको नभएपछि मानिसले चित्त बुझाउनका लागि अनेक उपाय गर्दछ । सायद यो गुफाभित्र छिर्नु पनि एउटा यस्तै उपाय हो ।पचारको एकमात्र विकल्प हो भन्नेअष्ट्रियामा एउटा यस्तो गुफा फेला परेको छ जुन गुफा भित्र ठानिन्छ अहिले ।छिरिसकेपछि गम्भीर रोगव्याधी पनि आफैं निको हुन्छ भन्ने मान्यता छ ।वास्तवमा यसको एक वैज्ञानिक कारण पनि छ । यो गुफाभित्र एउटा विशेष ग्यास पाइन्छ । उक्त ग्यासले मानिसको शरीरमा रहेका विभिन्न रोग निको बनाउने विश्वास गरिन्छ ।
अष्ट्रियाको गस्टिनमा छ यो गुफा । सुनखानीको खोजी गर्ने क्रममा उक्त गुफा फेला परेको थियो । अहिले उक्त गुफामा प्राकृतिक उपचारका लागि मानिसहरु युरोपका विभिन्न देशबाट आउने गरेका छन् ।
यो गुफामा पाइने ग्यास रेडन ग्यास हो । जसबाट विभिन्न रोगको उपचार सम्भव छ । यो एक विकिरणजन्य ग्यास हो । यसले गुफाको उष्ण वातावरणमा कैयन् रोगहरुमाथि गहिरो प्रभाव देखाउँदछ ।
बाथ तथा पसोरिएसिस जस्ता रोगको उपचारका लागि यो गुफागमन निकै लाभदायी रहेको अनुभव मानिसहरुको छ ।
मानिसहरु यो गुफाभित्र छिरेर जिउ अर्धनग्न बनाएर मज्जाले बस्ने तथा सुत्ने गरिरहेका हुन्छन् ता की शरीरमा उक्त ग्यासले मज्जाले प्रभाव जमाउन सकोस् र जीउभित्रका रोग मेटाओस् ।
देउवाले भने-चुनावपछि सरकार विस्तार हुन्छ, अहिले गाउँ जानोस्
२५ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद विस्तार गरिने बताउँदै आफ्नो पार्टीका नेता कार्यकर्तालाई काठमाडौंमा भिडभाड नगरी गाउँतिर फर्कन आग्रह गरेका छन् ।मन्त्री पदका लागि दर्जनौं सांसदहरुले देउवासम्म पुग्न पहुँच प्रयोग गरिरहेका छन् । तर, प्रधानमन्त्री देउवाले अब दोस्रो चरणको चुनावपछि मात्र मन्त्रिपरिषद विस्तार हुने भन्दै सांसदहरुलाई काठमाडौंमा भिडभाड नगरी चुनावमा खट्न निर्देशन दिएका छन् ।
रामचन्द्र पक्षलाई ४ मन्त्रालय, दाबेदार कोको ?
पहिलो चरणमा आफ्नो पक्षका मात्रै मन्त्री राखेर सानो मन्त्रिपरिषद बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले रामचन्द्र पौडेल पक्षलाई बढीमा ४ मन्त्रालय दिने तयारी गरेका छन् । कांग्रेसको भागमा १० मन्त्रालय पर्ने सत्तारुढ गठबन्धनवीच सहमति भएको छ ।
कांग्रेसले पाउने १० मध्ये यसअघि नै तीनजना मन्त्री भइसकेका छन् । गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की र फर्मूल्लाह मन्सुर तीनैजना देउवा पक्षका हुन् । अब देउवा पक्षबाट तीनजना मात्रै मन्त्री थपिनेछन् । बाँकी पौडेल पक्षले पाउनेछ ।
पौडेल पक्षले मन्त्रालय टुंगो लाग्नासाथ आफ्नो पक्षका ४ जनाको नाम देउवालाई बुझाउने तयारी गरेको छ । मन्त्रालय नभनी मन्त्रीको नाम नदिने सन्देश रामचन्द्र पौडेलले देउवालाई पठाइसकेका छन् ।
पौडेल पक्षले अर्थ मन्त्रालय देउवाले आफ्ना निकटस्थ ज्ञानेन्द्र कार्कीलाई दिएपछि अब भौतिक पूर्वाधार आफ्नो समूहले पाउनुपर्ने माग गरेको छ । भौतिक पूर्वाधार मन्त्रालय पाएमा बलबहादुर केसीलाई पठाउने पौडेल पक्षको तयारी छ ।
पौडेल पक्षबाट मन्त्रीका लागि डा.नारायण खड्का, बद्री पाण्डे, रामकृष्ण यादव, जीवन परियार र सरिता प्रसाईको नाममा छलफल भइरहेको छ । राजन केसीको नाम पनि प्रस्तावमा ल्याइएको छ ।
देउवा पक्षबाट कोको ?
देउवा पक्षबाट अब मन्त्री थपिने तीनैजना नयाँ अनुहार हुने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । ललितपुरका मदन अमात्य, सुनसरीका मीन विश्वकर्मा, पाँचथरका भीष्म आङदेम्बे, काठमाडौंका ध्यान गोविन्द रञ्जित र डोटीका वीरवहादुर बलायर देउवाको प्राथमिक सूचीमा छन् ।
त्यसैगरी देउवा पक्षबाट भरतकुमार शाह, रामहरि खतिवडा लगायतले पनि विमलेन्द्र निधी मार्फत देउवामाथि दबाव बढाएका छन् ।
खुमबहादुर खड्काले आफ्नो कोटाबाट सिन्धुपाल्चोकका मोहन बस्नेतलाई मन्त्री बनाउन दबाब दिएका छन् । यसअघि खड्काको कोटाबाट शंकर भण्डारी मन्त्री भएका थिए । भण्डारी र बस्नेत दुवै खुमबहादुर निकट ‘बाहुबली’ नेता हुन् ।

Wednesday, June 7, 2017
दुनियाकै महंगो रक्सी कम्पनीले खोल्यो क्याम्पस, अब रक्सीमै डिग्री गर्न पाइने !
विश्वको सबैभन्दा महंगो मदिरा उत्पादक कम्पनी केवेइचो माउताईले एउटा विश्वविद्यालय स्थापना गर्दैछ । रक्सी कम्पनीले खोल्ने उक्त विश्वविद्यालयमा मदिराजन्य पेय पदार्थकै बारेमा विद्यार्थीहरुले अध्ययन गरी डिग्री हासिल गर्न सक्नेछन् ।चिनिया सरकारी मदिरा कम्पनी माउताईले खोल्ने विश्वविद्यालयको नाम माउताई विश्वविद्यालय हो । दक्षिणी ग्वान्झाउ प्रान्तको रेन्हुई सहरमा यो विश्वविद्यालय खुल्नेछ । शिक्षा २ करोड ८० लाख डलरको लागतमा स्थापना हुने विश्वविद्यालय १३ हेक्टर क्षेत्रफलमा फैलिएको हुनेछ ।
चिनिया पेय पदार्थ कम्पनीहरुमा दक्ष जनशक्तिको अभाव भैरहेको अवस्थामा यो विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादनमा सहयोग पूराउने विश्वास गरिएको छ ।
माउताई ब्राण्डको रक्सीलाई चीनमा राष्ट्रिय पेय पदार्थ मानिन्छ र राष्ट्रिय समारोहहरुमा यो अनिवार्य जस्तै छ । साथै चिनिया सरकारी अधिकारीले विदेशी पाहुनाहरुलाई दिने उपहारको रुपमा पनि यो रक्सी रहेको छ ।
तर पछिल्लो समयमा यो महंगो रक्सी घुसको रुपमा दिने वस्तु समेत बनेपछि यो विवादमा समेत पर्दै आएको छ । सन् २०१४ मा भ्रष्टाचार विरुद्ध सरकारको कडा कदमपछि माउताई रक्सीको बिक्रि ह्वात्तै घटेको थियो ।
माउताई ब्राण्डका रक्सीको मूल्य निकै उच्च छ । एक बोतल माउताईको मूल्य १३ सय युआन अर्थात् १६६ अमेरिकी डलर पर्दछ । यो ब्राण्डका रक्सीको ९५ प्रतिशत बिक्रि चीनभित्रै हुने गरेको छ।
मन्त्रालयबाट सम्बन्धत प्राप्त गरेसँगै विश्वविद्यालयमा पढाई सुरु हुनेछ ।सुरुमा स्थानीय ६ सय जना विद्यार्थीलाई भर्ना गरिनेछ र उनीहरुले विश्वविद्यालयमा वाइन उत्पादन, खाद्य गुणस्तर, खाद्य सुरक्षा जस्ता पाठ्यक्रम पढ्न पाउनेछन् ।Monday, June 5, 2017
कसरी छालालाई स्वस्थ्य राख्ने ? यस्तो छ टिप्स
हामी अनुहार तथा केसलाई आकर्षक, मुलायम, चम्किलो बनाउन सौन्दर्य प्रसाधन प्रयोग गर्छौ । तर, सौन्दर्य प्रसाधनले प्राकृति सौन्दर्य दिादैन । त्यसले क्षणिक रुपमा आकर्षक देखाउने मात्र हो । अतः अनुहार तथा केसलाई सुन्दर र स्वस्थ्य राख्नका लागि खानपान, आनीवानी र दिनचर्यामा ख्याल गर्नुपर्छ ।
१. अधिक लो फ्याट डाइट नलिने
अक्सर स्लिम बन्ने चक्करमा अहिलेका युवापुस्ताले लो फ्याट डाइट लिने गर्छन् । तर, त्यसले छालाको सौन्दर्य नष्ट गर्छ । छालाको प्रकृतिक चमक हराउँछ । छालालाई स्वस्थ्य र मोस्चराइज राख्नका लागि फ्याटको जरुरी हुन्छ । त्यसैले यसबाट बच्नका लागि फ्याटी एसिडको रुपमा हरियो सब्जी, अन्डा, ओखर सेवन गर्नुपर्छ ।
२. पर्याप्त निन्द्रा जरुरी
राम्रो निन्द्राले हामीलाई दिनभरका लागि उर्जा मात्र दिदैन, छालालाई ताजा राख्न पनि मद्दत गर्छ । स्किन रातमा रिजेनेरेट हुन्छ , त्यसैले हरेक रात कम्तिमा ८ घण्टा सुत्नैपर्छ । यदि तपाईको पर्याप्त निन्द्रा पुगेन भने बुढ्यौली हुने प्रक्रिय तिब्र हुन्छ ।
३. सनस्क्रिन लगाउनुहोस्
हामी ठान्छौ, सन प्रोटेक्सन क्रिम भनेको केवल बारिह हिँडडुल गर्दा घाममा लगाउने मात्र हो । तर, बाहिर हिँडडुल नगरेको समयमा पनि सन प्रोटेक्न क्रिम आवश्यक हुन्छ ।
४. धेरै तातो पानीले ननुहाउने
धेरै तातो पानीले छालाको कोशिकालाई कमजोर तुल्याउँछ । यसले छाला रुखो हुन्छ । त्यसैले मन तातो पानीले नुहाउनु उपयुक्त हुन्छ । संभव भएसम्म चिसो पानी नै उत्तम हुन्छ ।
५. तनाव नलिनुहोस्
यदि हामी तनावमा रह्यौ भने, त्यसको असर छालामा पनि पर्छ । यसले हाम्रो अनुहारको सौन्दर्य नष्ट गर्छ । त्यसैले तनावबाट जहिले पनि मुक्त रहने ।
६. प्रदूषणमा नबस्ने
हरेक किसिमको प्रदूषण स्वस्थ्यका लागि हानिकारक हुन्छ । यतिसम्म कि, चुरोटको धुँवाले समेत छालालाई असर गर्छ । त्यसलै छालालाई स्वास्थ्य राख्नका लागि प्रदूषण भएको स्थानमा बस्न हुन्न ।
७. गुलियो खानेकुरा सेवन नगरौ
धेरै गुलियो खानेकुरा पनि सौन्दर्यका लागि अनुकुल मानिदैन । त्यसले छालालाई रुखो बनाउने र चाहुरिने हुनसक्छ । यद्यपी गुलियो खाँदै नखाने भन्ने होइन । सन्तुलित मात्रामा खानुपर्छ ।
प्रधानमन्त्रीको निर्वाचन आज, देउवा दुई तिहाई नजिक |
२३ जेठ, काठमाडौं । व्यवस्थापिका संसदले आज नयाँ प्रधानमन्त्री चयन गर्दैछ । प्रधानमन्त्रीमा नेपाली
कांग्रेसका सभापति शेरबहादुर देउवाबाहेक कसैको पनि उम्मेदवार नपरेकाले उनी बिना प्रतिस्पर्धा प्रधानमन्त्री बन्दैछन् ।
प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवाको पक्षमा झण्डै दुई तिहाई मत देखिएको छ ।
प्रमुख विपक्षी दल नेकपा एमाले संसद अवरोध हटाउन सहमत भएपछि प्रधानमन्त्री निर्वाचनको बाटो खुलेको हो । संसदको बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ ।
पहिलो बैठकलाई प्रमुख तीन दलका शीर्ष तीन नेताले सम्बोधन गर्ने कार्यसूची बनाइएको छ । लगत्तै सभामुख ओनसरी घर्ती मगरले राष्ट्रपतिको पत्र र प्रधानमन्त्री निर्वाचनको प्रक्रियाबारे जनकारी गराउनेछिन् ।
आजै दोस्रो बैठक बस्नेछ र प्रधानमन्त्रीको निर्वाचन हुनेछ । संसद नियमावली अनुसार एक मात्र उम्मेदवार भएपनि निर्विरोध घोषणा गर्न मिल्दैन । त्यसैले देउवाका प्रस्तावक, समर्थकले बोल्ने र देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।
प्रधानमन्त्रीमा निर्वाचित हुने कुल सदस्य संख्या ५९३ को बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ । देउवाको पक्षमा झण्डै दुई तिहाई समर्थन जुट्ने सम्भावना छ । देउवा सभापति रहेको कांग्रेसका २०६ सांसद छन् भने माओवादी केन्द्रका ८१, राप्रपाका ३७, फोरम लोकतान्त्रिकका १६ र फोरम नेपालका १५ सांसद छन् । यस्तै २४ सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवालाई समर्थन गर्ने सम्भावना छ ।
तीन सांसद भएको नेकपा संयुक्त, एक एक सांसद भएका अखण्ड नेपाल र समाजवादी जनता दल देउवाको उम्मेदवारीमा समर्थक नै बसेका छन् ।
भरतपुरमा पुनः मतदान गराउने निर्णयबारे सर्वोच्चमा सुनुवाइ शुरु |
२२ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान
गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा
सुनुवाइ शुरु भएको छ । न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई
शुरु भएको छ ।
भरतपुर महानगरपालिका १९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले आइतवार दर्ता गरेको रिटलाई प्राथमिकता दिएर सुनुवाई शुरु भएको हो ।
रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गर्दैछन् । अदालतले छलफलका लागि विपक्षी झिकाउने वा अन्तरिम आदेश दिने निर्णय आजै हुनेछ ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदान गराउने र सबै मतपत्र अवैध घोषित गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्च अदालतमा रिट दायर भएको थियो । निवेदकले भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सुचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरेका छन् ।
रिट निवेदनमा भनिएको छ-हुँदै नभएको तथ्यलाई भएको हो भनी तोडमोड गरी जसरी पनि सत्तापक्षका उम्मेदवार जिताउने कुत्सित योजनाका साथ निर्वाचन आयोगबाट निर्णय गरिएको हुनाले उक्त निर्णय बदर गरी नष्ट भएका ९० मतलाई बदर मतपत्र मानी मतगणना कार्य सुचारु गर्नु गराउनु भन्ने उत्प्रेषण युक्त परमादेशको आदेश जारी गरिपाउँ ।
यसअघि एमाले स्थायी कमिटी बैठकले शनिवारै निर्वाचन आयोगको निर्णय दुर्भाग्यपूर्ण भन्दै यसका विरुद्ध अदालत र जनता समक्ष जाने निर्णय गरेको थियो ।
मतगणना स्थल कब्जा गरिएको भन्ने सन्दर्भमा निर्वाचन अधिकृत, अनुगमन टोली र सुरक्षा निकाय कसैको पनि प्रतिवेदन नभएको सन्दर्भमा निर्वाचन आयोगले जबर्जस्ति मतगणना स्थ्ल कब्जा गरेको भनी आत्मनिष्ठ मूल्यांकनका आधारमा हुँदै नभएको तथ्य तोडमोड गरेको कुरा रिट निवेदकको जिकिर रहेको भट्टराईले बताए ।

Sunday, June 4, 2017
अब चन्द्रमामै बच्चा उत्पादन
विज्ञान जगतमा हरेक दिन नयाँ नयाँ खोज अनुसन्धान भैरहन्छन् । यसपटक वैज्ञानिकहरुले यस्तो आविष्कार
गरेका छन् की जसका बारेमा सुन्दैमा तपाइँ आश्चर्यमा पर्नुहुनेछ ।
यहाँ पृथ्वीमै बाँच्न मुस्किल भैरहेको छ अनेक कारणले गर्दा । त्यसैले चन्द्रमामा घर गृहस्थी बसाल्ने योजना दुनियामा बनिरहेका छन् । ती मध्ये कतिपय दिवास्वप्न होलान् त कतिपयले पूरा गरेरै छाड्लान्, त्यो आफ्नो ठाउँमा छ ।
अब अन्तरीक्षमै बच्चा जन्माउने योजना समेत अघि सारिएको छ । चन्द्रमामा समेत मानिसको शुक्रकिट स्टोर गरेर सन्तान उत्पादन गर्न सकिने ठहर वैज्ञानिकहरुले गरेका छन् ।
जापानी वैज्ञानिकहरुले अन्तरीक्षको वातावरणमा स्टोर गरिएका ड्राइ फ्रिज्ड शुक्रकिटबाट स्वस्थ मुसा पैदा गर्न सफल भएका छन् ।
चन्द्रमामा शुक्रकिट बैंक
यस सफल प्रयोग पश्चात पृथ्वीभन्दा बाहिर समेत शुक्रकिटको प्रयोग गर्न सकिने कुरा सम्भव देखिएको छ । अन्तरीक्षमा आफै जिवित रहन असम्भव हुन्छ ।
अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा पृथ्वीको तुलनामा १ सय गुणा धेरै विकिरण हुन्छ । मुसाको पि|mज गरिएको ड्राइ शुक्रकिटको नमूना स्पेस स्टेशनमा नौ महिना सम्म स्टोर गरिएको थियो, त्यसपछि त्यसलाई पृथ्वीमा एक खास तापक्रममा राखियो ।
त्यसपछि उक्त शुक्रकिटबाट मुसाको डिम्बमा शेचन गराएर स्वस्थ मुसाको जन्म गराइयो ।
पृथ्वी र अन्तरीक्षबीचको यात्राका क्रममा मुसाको शुक्रकिटको डिएनएमा केही असर पुरगको थियो । तरपनि मुसा स्वस्थ नै जन्मिए ।
मुसाको जस्तै गरी मानिसको शुक्रकिट समेत अन्तरीक्ष तथा चन्द्रमामा समेत पि|mज्ड गरेर प्रजनन गराउन सकिने ठम्याई वैज्ञानिकहरुको छ ।
‘डी सिने अवार्ड’मा २० विधामा ‘छक्का पन्जा’, नायक-नायिकामा को-को परे ?
यसबर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौडामा हुने भएको छ । शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था ‘छायाँछवी क्रियशन’ले असार २२ गते हेटौडामा अवार्ड सम्पन्न गर्ने जनाएको छ ।
गतबर्ष प्रदर्शनमा आएका ८६ चलचित्रमध्ये ५५ चलचित्र यसवर्षको अवार्डमा सहभागी भएका छन् । २९ विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । मनोयनमा चलचित्र ‘छक्का पञ्जा’ सबै भन्दा बढी २० विधामा मनोनयनमा परेको छ ।
‘गाजलु १३ विधा, लुट-२’ ११ विधामा, ‘जात्रा’ दश विधामा मनोनयनमा परेको छ । त्यस्तै ‘पुरानो डुंगा’ ९ विधामा, निर्भय ६ विधामा, जंगे, के म तिम्रो होइन र दर्पण छायाँ-२, विरविक्रम र किस्मत-२ पाँच/पाँच विधाका मनोयनमा पर्न सफल भएका छन् ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले यस अवार्डले चलचित्र
क्षेत्रमा लागेकाहरुलाई हौसला प्रदान गर्ने र नेपाल चलचित्रमा नयाँपन भित्रिनेमा आफू विश्वस्त रहेको बताए ।
सल्लाहकार नरेन्द्र महर्जनले हेटौडामा अवार्ड आयोजना हुनु आफैमा महत्वपूर्ण रहेको भन्दै यसलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न आफूहरुले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । अवार्डमा भाग लिनका लागि ५० भन्दा बढी चलचित्रकर्मी हेटौडा पुग्नेछन् ।
नवीकरणीय ऊर्जा : भ्रम, वास्तविकता र अबको बाटो |
वर्तमान परिवेश र केही भ्रमहरु
मुलुकमा लोडसेडिङ्गको समस्याबाट केही राहत मिल्ने बित्तिकै नवीकरणीय ऊर्जामाथिको बहस केही मोडिएको छ । लोडसेडिङ्गको समस्या हटेपछि नवीकरणीय ऊर्जाको उपयोगिता
कम हुने र ठूला आयोजनाबाट उत्पादित बिद्युत नै ऊर्जाको एकमात्र भरपर्दो स्रोत हो भन्ने भ्रम आम जनमानसमा मात्र नभएर नीति निर्माण तथा उच्च तहमा रहेका केही समूहमा समेत रहेको छ । त्यसैगरी हाम्रो कूल गार्हस्थ ऊर्जा उपभोगको सबैभन्दा ठूलो हिस्सा ओगटेको घरायसी जैविक ऊर्जाको उपयोगिताबारे आम रुपमा फरक फरक अवधारणाहरु पाइन्छन् । संघीय संरचनामा नवीकरणीय ऊर्जाका भूमिको के कस्तो हुनुपर्छ भन्ने बहस पनि यतिबेला सम्बन्धित क्षेत्रका सरोकारवालाहरुबीच चलिरहेको छ । नवीकरणीय ऊर्जा आम चासोको विषय रहेकोले जनमानसमा रहेका केही भ्रमहरुलाई हटाउनु अपरिहार्य भएको छ ।

देशमा ऊर्जाको बढ्दो मागलाई धान्न जलविद्युतको साथै नवीकरणीय ऊर्जा प्रविधिहरुको पनि अमूल्य योगदान रहेको कुरामा दुइमत छैन । देशको झण्डै ७६ प्रतिशत जनतामा अहिले विजुलीको पहुच पुगेको छ । त्यो मध्ये १६ प्रतिशत जनतामा जनसंख्या तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत सञ्चालन गरिएका सौर्य तथा विभिन्न लघु जलविद्युत योजना मार्फत विद्युतीकरण भएको छ ।
कूल उर्जाको खपतमा झण्डै साढे २ प्रतिशत नवीकरणीय उर्जाको योगदान छ । नवीकरणीय उर्जा विशेष गरी सौर्य ऊर्जा, लघु तथा साना जलविद्युत , जैविक ऊर्जा (वायोग्यास , सुधारिएको चुलो, बायोमास ग्यासिफिकेसन आदि) वायु ऊर्जा जस्ता प्रविधिहरुको माध्यमबाट केन्द्रले ग्रामीण भेग देखि शहरी क्षेत्रसम्म ऊर्जाको पहुँच पुर्याउन सफल भएको छ ।

विश्व परिवेशमा नवीकरणीय ऊर्जाको विकास निश्चित लक्ष्य र उद्देश्यका साथ तिव्रगतिमा भइरहेता पनि नेपालमा नवीकरणीय ऊर्जाको विकासलाई हेर्ने दृष्टिकोण अझै फराकिलो हुन सकिरहेको छैन । जलविद्युत हाम्रो प्राथमिकता त हुँदै हो तर ऊर्जाको पुरक स्रोतको रुपमा नवीकरणीय ऊर्जाको आवश्यकता हुन्छ । नवीकरणीय ऊर्जाको विकासलाई विकसित देशहरु लगायत हाम्रै छिमेकी राष्ट्रहरुले समेत उच्च प्राथमिकतामा राखेको छ । उदाहरणको रुपमा सन् २०१६ को ३१ डिसेम्बर सम्ममा नवीकरणीय ऊर्जा मार्फत उत्पादित ५० गिगावाट (एक गिगावाट . १००० मेगावाट हुन्छ) भन्दा बढी विद्युत आफ्नो राष्ट्रिय प्रणालीमा समाहित गरेको छिमेकी राष्ट्र भारतले आगामी सन् २०२२ सम्ममा विविध नवीकरणीय ऊर्जा स्रोत मार्फत १७५ गिगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य सहित द्रुत गतिमा कार्य गरिरहेको छ । त्यस्तै हाल कूल विद्युत उत्पादन १५,३५१ मेगावाट (जनवरी २०१७ सम्मको आंकडा अनुसार) मध्ये करीब ३।५ प्रतिशत ऊर्जा नवीकरणीय ऊर्जाका स्रोत मार्फत् व्यवस्थापन गरिरहेको बंगलादेशले सन् २०२१ सम्ममा कूल ऊर्जा उत्पादनको १० प्रतिशत हिस्सा (३.१ गिगावाट) नवीकरणीय ऊर्जा मार्फत विकास गर्ने लक्ष्य लिएको छ ।
वास्तविकता
वर्तमान परिस्थितिमा समग्र देशको ऊर्जा सुरक्षाको स्थितिको बारेमा विश्लेषण गर्दा दुई वर्ष अघि गएको महाभूकम्प र सोही वर्षको आर्थिक नाकाबन्दीका कारण सिर्जित अवस्थाको चित्रण गरेमात्र पुग्छ । महाभूकम्प पश्चात् तत्काल १५६ मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा सुचारु हुन नसकेको तथ्य तत्पश्चात् राष्ट्रिय योजना आयोगले गरेको “विपद पछिको आवश्यकता लेखाजोखा” प्रतिवेदनमा उल्लेख छ । त्यस्तै नाकाबन्दीको कारण पेट्रोलियम पदार्थको हाहाकारले आक्रान्त काठमाडौंका जनताले खाद्य इन्धनको जोहो गर्न दाउराको लाइनमा उभिएको दृश्य पनि ताजै छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा गरिएका विभिन्न वैज्ञानिक सर्वेक्षणहरुले नेपाल जलवायु परिवर्तन तथा भूकम्पको उच्च जोखिममा रहेको तथ्य औल्याइसकेको सन्दर्भमा अबको मुख्य चुनौति तथा कार्यदिशा भनेको देशमा उपलक्ध नवीकरणीय ऊर्जाका स्रोतको अधिकतम परिचालन मार्फत वितरित ऊर्जा प्रणाली ९म्ष्कतचष्दगतभम भ्लभचनथ क्थकतझ० लाई मजबुत बनाउने नै हो । संकटमा मात्र नवीकरणीय ऊर्जालाई सम्झने
संस्कारमा परिवर्तन ल्याउनु जरुरी छ । नवीकरणीय ऊर्जालाई मूलधारको ऊर्जाको सहयोगीको रुपमा लिने नीति तर्जुमा भयो भने मात्र हामी विकासको गतिमा जान सक्छौं । माथिका सबै पक्षहरुलाई समेट्न एकीकृत राष्ट्रिय ऊर्जा सुरक्षा नीतिको आवश्यकता पर्दछ । जसले ऊर्जाका सम्भाव्यक सबै स्रोतहरुको प्रभावकारी उपयोग र प्रवद्र्धनमा टेवा पुर्याउन सक्छ । दुरदराजमा रहेका ग्रामीण क्षेत्रमा मात्र होइन अब हरेक शहरी क्षेत्रमा समेत खाद्य, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सञ्चार जस्ता आधारभूत आवश्यकताहरुको अविच्छिन्न परिपूर्तिको लागि उपयुक्त नवीकरणीय ऊर्जाको स्रोत पहिचान गरी प्रवद्र्धनको कार्य अविलम्ब गर्नुपर्ने आवश्यकता रहेको छ । यसको लागि तत् तत् निकायले यस सम्बन्धी आफ्नो कार्य योजना तथा रणनीति तयार गरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग समन्वय गरी नवीकरणीय ऊर्जा प्रवद्र्धन सम्बन्धी कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण सरकारी तवरबाट सिर्जना गर्नु उपयुक्त देखिन्छ ।

उपलब्धी तथा लक्ष्य
केन्द्रको अग्रसरतामा देशभर जडित लघु तथा साना जलविद्युत मार्फत २९.३६ मेगावाट विद्युत उत्पादन भएको छ भने करीब १०,९९४ सुधारिएको पानीघट्ट निर्माण भएको छ । त्यसैगरी करीब ७ लाख घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रणाली तथा विभिन्न स्वास्थ्य चौकी, विद्यालय तथा सामुदायिक भवनमा करीब १,५०० संस्थागत सौर्य ऊर्जा प्रणाली मार्फत विद्युत आपूर्ति भएको छ । जैविक ऊर्जाको हकमा करीब ३ लाख ७५ हजार घरधुरीमा घरेलु बायोग्याँस तथा ३५० जथि सामुदायिक तथा संस्थागत बायोग्याँस निर्माण भएको छ । त्यसैगरी झण्डै १३ लाख घरधुरीमा विभिन्न प्रयोजनका सुधारिएको चुलो जडान गरिएको छ ।
चौधौं योजना (आ.व. २०७३/७४ देखि २०७५/७६ सम्म) ले निर्दिष्ट गरेको लक्ष्य अनुसार लघु तथा साना जलविद्युतबाट ११ मेगावाट, साना तथा घरेलु सौर्य विद्युत प्रणालीबाट १६ मेगावाट र वायु ऊर्जाबाट १ मेगावाट विद्युत उत्पादन मार्फत ९ प्रतिशत जनतालाई विद्युत सेवा पुर्याउने योजना रहेको छ । त्यस्तै २ लाख घरायसी बायोग्याँस र १० लाख ६५ हजार सुधारिएको चुलो जडान गर्ने लक्ष्य रहेको छ । सोही बमोजिम समग्रमा नवीकरणीय ऊर्जा प्रवद्र्धन मार्फत २,५०० नयाँ उद्या सिर्जना तथा थप १८,००० रोजगारीको व्यवस्था हनुको साथै १५,५०० घरधुरीमा विविध आयआर्जनका क्रियाकलापहरु सञ्चालन गर्ने थप लक्ष्य किटान गरिएको छ ।
सदस्य राष्ट्रको रुपमा नेपालले समेत प्रतिबद्धता जनाइसकेको सन् २०१५ को संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०३० सम्म हासिल गसिक्नुपर्ने दीगो विकासका १० लक्ष्यहरु मध्ये “सबैका लागि स्वच्छ ऊर्जाको पहुँच” लाई केन्द्रबिन्दुमा राखेर उपरोक्त चौधौं योजनाका नवीकरणीय ऊर्जाका लक्ष्यहरु राखिएको सन्दर्भमा समयसीमा भित्र तिनको कार्यान्वयन गर्नु अपरिहार्य रहेको छ ।
अबको बाटो
देश अब संघीयताको कार्यान्वयन चरणमा प्रवेश गरिसकेको र सो को आधारमा पाँच दशक भन्दा अघि गठन भएको स्थानीय संरचना विघटन सहित ४ महानगरपालिका, १३ उप–महानगरपालिका, २४६ नगरपालिका तथा ४८१ गाउँपालिका सहित कूल ७४४ स्थानीय तह कार्यान्वयन भएको सन्दर्भमा प्रत्येक प्रादेशिक राज्यमा नवीकरणीय ऊर्जाको सवाललाई सम्बोधन गर्ने खालको संरचना तयार गर्नु अपरिहार्य छ । यसअघि केन्द्रले आफ्नो गतिविधि प्रत्येक जिल्लामा जिल्ला विकास समिति अन्तर्गत रहेको जिल्ला वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखा मार्फत सञ्चालन गरिरहेको सन्दर्भमा संघीय ढाँचामा तिनै शाखामा रहेका स्रोतहरुलाई समुचित तवरले उपयोग तथा आन्तरिकीकरण गर्न सकेमा उक्त कार्य प्राविधिक तथा आर्थिक दुवै हिसाबले फलदायी हुने देखिन्छ ।
यसको अलावा सबै ७४४ स्थानीय तहहरुमा कम्तीमा एक जना प्राविधिक ऊर्जा, वातावरण
तथा जलवायु परिवर्तन सहित आवश्यकता अनुसार सम्बन्धित क्षेत्रमा थप कार्य गर्ने गरी परिचालन गर्न सकेमा निश्चय नै नवीकरणीय ऊर्जा लगायतका विषयगत कार्यको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने देखिन्छ । सो को लागि शुरुवाती वर्षहरुमा आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सहयोगको लागि यस क्षेत्रमा दुइ दशक भन्दा बढी कार्यानुभव हासिल गरेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई परिचालन गर्नु उपयुक्त देखिन्छ । मुलभूत रुपमा केन्द्रले प्रत्येक प्रादेशिक राज्यमा नवीकरणीय ऊर्जा सम्बन्धी प्रादेशिक संरचनाहरु स्थापनार्थ सहयोग गर्ने, प्रादेशिक राज्य अन्तर्गत पर्ने नवीकरणीय ऊर्जा सम्बन्धी गतिविधि गर्ने, संघसंस्थाहरुको क्षमता अभिवृद्धि तथा सामुदायिक परिचालन सम्बन्धी आवश्यक नीति निर्देशिका तयार गर्न सघाउ पुर्याउने तथा प्रत्येक प्रादेशिक राज्यमा आवश्यक स्रोत नक्शांकन गर्ने, योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन सम्बन्धी रणनीति तयारका लागि आवश्यक क्षमता अभिवृद्धिको कार्यमा टेवा पुर्याउन समन्वयकारी भूमिका निर्वाह गर्न सक्दछ । त्यसैगरी राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरमा ऊर्जा सुरक्षा नीति तथा रणनीति तर्जुमा गर्न सहयोग गर्ने कार्यमा समेत केन्द्रको भूमिका उपयुक्त देखिन्छ ।

निश्चय नै देशमा संघीय ढाँचाले पूर्णता पाए पश्चात् केन्द्रको भूमिका पनि सोही बमोजिम नै परिमार्जन गर्नुपर्ने आजको आवश्यकता हो । विशेष गरी नवीकरणीय ऊर्जाको क्षेत्रमा दातृ निकायहरुको बढ्दो चासो तथा लगानी दुवैलाई मध्यनजर गरी केन्द्रलाई दातृ निकायसँग समन्वय तथा सहकार्य मार्फत स्रोत परिचालनको साथै नवीकरणीय ऊर्जाको क्षेत्रमा दक्षता हासिल गर्दै नेपालमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको विशिष्टता केन्द्र को पहिचान स्थापित गर्न सकेमा यस क्षेत्रको दीर्घकालीन तथा प्रभावकारी विकासमा टेवा पुग्ने देखिन्छ । यसको लागि स्थापनाकाल देखि नै बिकास समिति अन्र्तगत रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई संघीय ढाँचामा प्रस्ताबित जलस्रोत तथा ऊर्जा मंत्रालयको मातहत हुनेगरि “नविकरणीय ऊर्जा प्राधिकरण”को रुपमा स्थापना गर्नु श्रेयष्कर हुनेछ ।http://bit.ly/2sdYT37
तत्कालीन राजा वीरेन्द्रको ४० रोपनी जग्गाको मासिक भाडा १ रुपैयाँ !
२१ जेठ, काठमाडौं । पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन । भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना भएको हो ।
विश्व युवा अन्तर्राष्ट्रिय सङ्गठनले वल्र्ड युथ इन्टरनेसल स्कुल सञ्चालनका लागि ०५६ सालमा काठमाडौंको गोकर्णस्थित पूर्वराजा वीरेन्द्रको नाममा रहेको ४० रोपनी १३ आना एक पैसा एक दाम जग्गा १० वर्षका लागि भाडामा लिएको थियो ।
त्यसमध्ये स्कुलले १२ रोपनी मात्र जग्गा उपभोग गर्दै आएको छ । सो जग्गाको भाडाबापत मासिक एक रुपियाँ बुझाउनुपर्ने सम्झौता तत्कालीन राजदरबारसँग गरिएको थियो । राजसंस्था रहुन्जेल सो रकम दरबारको ढुकुटी विभागमा बुझाइन्थ्यो ।
दरबारसँग जग्गा भाडामा दिने सम्झौता गर्दा सहभागी तत्कालीन राजप्रासाद सेवाका कर्मचारी तथा हाल नेपाल ट्रस्टको कार्यालयका सहसचिव लेखबहादुर कार्कीले सो जग्गाबारे सोधखोज गरेपछि नेपाल सरकारका नाममा सो जग्गा थपिन पुगेको छ ।
स्कुलका प्रिन्सिपल निराजन सेढाईंले मुलुकमा गणतन्त्र स्थापनापछि भाडा बापतको रकम बुझाउन प्रधानमन्त्रीको कार्यालयमा जाँदा त्यहाँका कर्मचारीहरूले यसबारे आफूहरूलाई थाहा नभएको बताएपछि रकम बुझाउन नसकिएको बताए । त्यसबेला नेपाल ट्रस्टको कार्यालय स्थापना भइसकेको थिएन ।
कार्यालयका सहसचिव कार्कीले विगतमा सो जग्गा स्वतः सरकारको नाममा आउनुपर्नेमा थाहा नपाएकाले नामसारी हुन नसकेको र सो जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन प्रक्रिया थालिएको जानकारी दिए । उनले भने, ‘स्वामित्वमा आइसकेपछि कार्यालयले २०६५ सालयता जग्गाको नयाँ भाडा दर कायम गर्नेछ । स्कुलले नचर्चिएको जग्गामा तारबार गरेर संरक्षण गर्ने योजना बनाएका छौँ ।’ सो जग्गा प्रयोग गर्दै आएको स्कुलले अस्ट्रेलियाली सहयोगमा २७१ विद्यार्थीलाई निःशुल्क अध्ययनका साथै ५२ जनालाई निःशुल्क आवासीय सुविधा पनि उपलब्ध गराएको छ ।
ट्रस्टले काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, सुर्खेत, चितवन, कास्की र धादिङ गरी नौ जिल्लामा पूर्व राजा तथा राजपरिवारका नाममा रहेको २३ हजार रोपनी जग्गा आफ्नो नाममा ल्याइसकेको खबर प्रकृति अधिकारीले गोरखापत्र दैनिकमा लेखेका छन् ।
यो हो विश्वकै पहिलो नग्न बस्ती |
विश्वमा सबैभन्दा पहिले नग्न बस्ती कुन देशमा बस्यो होला ? पत्यार नलाग्न सक्छ, यस्तो निर्वस्त्र वस्ती दुनियामा सबैभन्दा पहिले छिमेकी देश भारतमा बसेको हो ।
झण्डै १२५ वर्ष पहिले अर्थात् सन् १८९१ मा भारतको मुम्बई नजिकै रहेको थाणेमा विश्वकै पहिलो न्युडिस्ट कोलोनी अर्थात् नग्न बस्ती बसेको थियो ।
उक्त नग्न बस्तीको नाम थियो, द फेलोसिप अफ द नेकेड ट्रस्ट । संस्थापक थिए, चाल्र्स एडवार्ड गार्डन क्रार्फड । उनी तत्कालीन न्यायाधीश पनि थिए ।
एडवर्ड कारपेन्टर नामका व्यक्ति चाहीँ भिक्टोरियाकालीन बेलायतमा कर्मी थिए । उनलाई गे गुरु पनि भनिन्थ्यो । भारतका रविन्द्रनाथ टेंगोरसँग उनको दोस्ती भयो । एडवर्डले चाल्र्सद्धारा लिखित चारवटा पत्र फेला पारे । जसमा चाल्र्सले आफुले खोलेको फेलोसिप अफ नेकेड ट्रस्टको नाम उल्लेख गरेका थिए ।
यो न्युडिस्ट क्लब निकै सानो थियो । जसमा तीनजना सदस्य थिए । चाल्र्स क्रार्फड, एन्ड्रू र केलग काल्डरवुड । चाल्र्स एक विदुर थिए भने अन्य दुईजना एक मिसनरीका छोराहरु । पछि एक अर्की महिलाले पनि यो न्युडिस्ट क्लबको सदस्यता लिन चाहेकी थिइन् तर दिइएन ।
चाल्र्सले आफ्नो पत्रमा लेखेका छन्ः हामीले दुई दिनको विदा कपडा नलगाइकन मनाउँथ्यौँ । बिहानदेखि रातिसम्म नांगै बस्थ्यौं । त्यसक्रममा घरका कामदारलाई पनि विदा दिन्थें ।
तर त्यसको एकवर्ष भित्रैमा चाल्र्सले एथेल नामक एक महिलासँग पुनर्विवाह गरेर रत्नागिरी गए । त्यसपछि उक्त निर्वस्त्र वस्ती बन्द भयो ।
असार ११ देखि १४ गतेसम्म सीमा नाका बन्द
२१ जेठ, गौशाला । जिल्ला स्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११-१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीमा अतिक्रमणलगायत विषयमा दुबै देशले विशेष निगरानी बढाउने निर्णय पनि गरेको छ ।
नेपालका महोत्तरी, धनुषा, सिरहा र सप्तरीका प्रअिजसहित सुरक्षा निकायका प्रमुख र भारतका मधुवनी जिल्लाका डिएम, एसपी, एसएसबीका एसपीसहितको उपस्थितिमा बसेको सो बैठकमा आउँदो असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका विषयमा आवश्यक छलफल गरिएको बैठकको अध्यक्षता गर्नुभएका महोत्तरीका प्रअिज वीरेन्द्रकुमार यादवले बताए ।
अठ्चालिस बी बाहिनी एसएसबी जयनगरमा सम्पन्न सो बैठकमा स्थानीय तह दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण, भयरहित, अपराधमुक्त वातावरणमा सम्पन्न गर्न दुवै पक्षले कडा सीमा सुरक्षा गस्तीलगायत सबै पक्षमा महत्वपूर्ण भूमिका खेल्ने निर्णय गरिएको महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।
बैठकले लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीमा अतिक्रमणलगायत विषयमा दुबै देशले विशेष निगरानी बढाउने निर्णय पनि गरेको छ ।
नेपालका महोत्तरी, धनुषा, सिरहा र सप्तरीका प्रअिजसहित सुरक्षा निकायका प्रमुख र भारतका मधुवनी जिल्लाका डिएम, एसपी, एसएसबीका एसपीसहितको उपस्थितिमा बसेको सो बैठकमा आउँदो असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका विषयमा आवश्यक छलफल गरिएको बैठकको अध्यक्षता गर्नुभएका महोत्तरीका प्रअिज वीरेन्द्रकुमार यादवले बताए ।अठ्चालिस बी बाहिनी एसएसबी जयनगरमा सम्पन्न सो बैठकमा स्थानीय तह दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण, भयरहित, अपराधमुक्त वातावरणमा सम्पन्न गर्न दुवै पक्षले कडा सीमा सुरक्षा गस्तीलगायत सबै पक्षमा महत्वपूर्ण भूमिका खेल्ने निर्णय गरिएको महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।
दुनियाको सबैभन्दा खतरनाक आदिवासी, यस्तो हुन्छ जीवन |
इथियोपियाका मुर्सी आदिवासीलाई विश्वको सबैभन्दा खतरनाक आदिवासी मानिन्छ । यो आदिवासीको मान्यता छ कि जीवनमा कसै न कसैलाई मार्नैपर्छ । कसैलाई मार्न नसकी आफू ज्यूँदो रहनु भन्दा आफैं मर्नु बेस हुन्छ ।
दक्षिण इथियोपिया तथा सुडानको सीमा क्षेत्रस्थित ओमान उपत्यकामा बस्ने यो आदिवासीको जनसंख्या करीब १० हजार छ ।
यो आदिवासीमा जिउमा अनेक खाले परिवर्तन गर्ने अर्थात् बडी मोडिफिकेसन गरिन्छ । जस अनुसार महिलाको कानको लोती तथा तल्लो ओठमा ठूलो गोलाकार प्वाल पारेर काठ वा माटोको डिस्क राखिन्छ ।
महिलाहरुको ओठ तथा कानमा यस्तो गोलाकार चिज घुसाउनुको कारण चाहीँ खराब नजरबाट बचाउनु हो ।
यसो गरेपछि महिलाहरु कुरुप देखिने र मानव तस्करहरुले दासी बनाउनका लागि खरीद नगर्ने हुनाले यो समुदायमा महिलालाई बचाउनका यस्तो गरिने रहेछ ।
यसो गरेपछि महिलाहरु कुरुप देखिने र मानव तस्करहरुले दासी बनाउनका लागि खरीद नगर्ने हुनाले यो समुदायमा महिलालाई बचाउनका यस्तो गरिने रहेछ ।
छोरीहरु १५/१६ वर्षका हुँदा नै आमाहरुले ओठ वा कानको लोती काटिदिएर त्यसमा काठ घुसाइदिने गर्दछन् र जीवनपर्यन्त उनीहरुले त्यो पहिरिन्छन् ।अन्य कबिलाहरुसँग युद्ध गर्नुअघि यो आदिवासी समुदायका मानिसहरु प्रसस्त गाईको रगत पिउँछन् । साथै नयाँ वर्षको अवसरमा समेत यो समुदायमा गाईको रगत विशेष रुपले पिइन्छ ।
मुर्सी समुदायका मानिसहरुले आफ्नो परम्परा बचाइराखेका छन् । तर उनीहरुमा पनि आधुनिकताले असर गरेको छ । सुरक्षाको लागि भन्दै अहिले यो समुदायका मानिसहरुले आधुनिक हतियार समेत राख्ने गरेका छन् । उनीहरुसँग एके ४७ लगायतका हतियार रहेका छन् ।हतियार बिक्रेतासँग उनीहरुले गाई दिएर हतियार खरीद गर्दछन् । पूराना मोडेलका बन्दुकका लागि ८ देखि १० वटासम्म गाई दिन्छन् भने नयाँ मोडेलका लागि ४० वटासम्म । सुडान तथा सोमालियाबाट यस समुदायले हतियार प्राप्त गर्ने गरेको छ ।
साराले अर्कै हिरो छानेपछि सलमान जिल्ल !
बलिउडमा यतिबेला सलमान खानको कुरा काट्ने हिम्मत कसले गर्ला ? सारा अली खानले गरिन् ।
सैफ अली खानकी छोरी साराले बलिउडमा कुन हिरोसँग डेब्यू गर्दैर्छिन् भन्ने लामो समयदेखि खुल्दुली थियो ।
सलमान खान सारालाई आफ्ना ज्वाई आयूष शर्माको जोडी बनाएर एक साथ डेब्यू गराउन चाहन्थे । तर, उनको यो चाहनामा साराले तातापानी खन्याइदिइन् ।
केही दिनअगाडि मात्रै अभिषेक कपुरले घोषणा गरे कि उनको फिल्म ‘केदारनाथ’ बाट ठूलो पर्दामा साराले इन्ट्री लिनेछिन् र यसमा उनका हिरो हुनेछन् सुशांत सिंह राजपूत । यो थाहा पाएपछि सलमान निकै रिसाएको खबर छ ।
सलमानकी बहिनी अर्पिताका श्रीमान आयूष फिल्म खेल्नका लागि खुट्टो उचालिरहेका छन् । उनलाई सारासँगै डेब्यू गराउन सलमानले तयारी गरिरहेका थिए । सारा र आयूषले एक साथ फिल्ममा इन्ट्री गर्दैछन् भनेर सलमानका पिआरले प्रेस नोट पनि पठाएका थिए । तर, आखिरमा साराले आयूषको साटो सुशान्तलाई रोजिन् ।
खबरअनुसार सलमानले सारालाई म्यासेज गरेर भेट्न आग्रहसमेत गरेका थिए । तर, साराले उनलाई कुनै रिप्लाई दिइनन् । हेरौ अब यो अपमानको बदला सलमानले कसरी लिनेछन् ।

Saturday, June 3, 2017
मिस नेपाल विवाद र सौन्दर्यको लफडाः को हुन् निकिता ?
२१ जेठ, काठमाडौं । जब कुनै नवयौवनाको शीरमा ‘मिस नेपाल’को ताज पहिर्याइन्छ, ग्ल्यामर समाज पक्ष र
विपक्षमा खडा हुन्छ । शीर्ष उपाधि जित्नेको चर्चाका साथसाथै आलोचना पनि हुन थाल्छ । २३ बर्षअघि सुरु
भएको मिस नेपालको यो श्रृंखला आजको मितिसम्म कुनै न कुनै लफडाबाट गुजि्रएको छ ।
अघिल्लो बर्ष अश्मि श्रेष्ठले मिस नेपालको शीर्ष ताज पहिरिँदै गर्दा ‘मिस नेपाल कि, मिस नेवार’, ‘सर्वश्रेष्ठ हुनुपर्ने कि, श्रेष्ठ’ जस्ता आलोचनाका स्वर चर्किए । २० औं संस्करणको त्यो मिस नेपालसम्म नेवार समुदायकै बाहुल्य हुनुले पनि ‘जातीय लेपन’ लगाएर विरोध भएको थियो, जो अस्वाभाविक थिएन ।
तर, नेवार भएकैले उनीहरु मिस नेपाल भएकी हुन् कि, सुन्दरता, बौद्धिकता, प्रस्तुतीको तराजुमा जोखिएर ? यसमा खासै बहस भएन ।
पूर्व मिस नेपाल मलिना जोशीको टिप्पणी यस्तो छ, ‘मलाई लाग्दैन कि, कसैले जातीयताकै कारण ताज जितेका हुन् । उनीहरुको सहभागिता, प्रस्तुती स२१ जेठ, काठमाडौं । जब कुनै नवयौवनाको शीरमा ‘मिस नेपाल’को ताज पहिर्याइन्छ, ग्ल्यामर समाज पक्ष र विपक्षमा खडा हुन्छ । शीर्ष उपाधि जित्नेको चर्चाका साथसाथै आलोचना पनि हुन थाल्छ । २३ बर्षअघि सुरु भएको मिस नेपालको यो श्रृंखला आजको
मितिसम्म कुनै न कुनै लफडाबाट गुजि्रएको छ ।

पूर्व मिस नेपाल मलिना जोशीको टिप्पणी यस्तो छ, ‘मलाई लाग्दैन कि, कसैले जातीयताकै कारण ताज जितेका हुन् । उनीहरुको सहभागिता, प्रस्तुती सबै कुरालाई मूल्यांकन गरिएको हुन्छ ।’बै कुरालाई मूल्यांकन गरिएको हुन्छ ।’

Subscribe to:
Posts (Atom)
‘प्रेमगीत २’ ट्रेलरमा ‘लाइक’ भन्दा ‘डीसलाइक’ धेरै, कारण के ?
साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको...
-
यसबर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौडामा हुने भएको छ । शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था ‘छायाँछवी क्रियशन’ले असार २२ गते...
-
विश्वमा सबैभन्दा पहिले नग्न बस्ती कुन देशमा बस्यो होला ? पत्यार नलाग्न सक्छ, यस्तो निर्वस्त्र वस्ती दुनियामा सबैभन्दा पहिले छिमेकी देश भारत...
-
साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको...