Sunday, June 4, 2017

साराले अर्कै हिरो छानेपछि सलमान जिल्ल !

बलिउडमा यतिबेला सलमान खानको कुरा काट्ने हिम्मत कसले गर्ला ? सारा अली खानले गरिन् ।

सैफ अली खानकी छोरी साराले बलिउडमा कुन हिरोसँग डेब्यू गर्दैर्छिन् भन्ने लामो समयदेखि खुल्दुली थियो ।
सलमान खान सारालाई आफ्ना ज्वाई आयूष शर्माको जोडी बनाएर एक साथ डेब्यू गराउन चाहन्थे । तर, उनको यो चाहनामा साराले तातापानी खन्याइदिइन् ।

केही दिनअगाडि मात्रै अभिषेक कपुरले घोषणा गरे कि उनको फिल्म ‘केदारनाथ’ बाट ठूलो पर्दामा साराले इन्ट्री लिनेछिन् र यसमा उनका हिरो हुनेछन् सुशांत सिंह राजपूत । यो थाहा पाएपछि सलमान निकै रिसाएको खबर छ ।

सलमानकी बहिनी अर्पिताका श्रीमान आयूष फिल्म खेल्नका लागि खुट्टो उचालिरहेका छन् । उनलाई सारासँगै डेब्यू गराउन सलमानले तयारी गरिरहेका थिए । सारा र आयूषले एक साथ फिल्ममा इन्ट्री गर्दैछन् भनेर सलमानका पिआरले प्रेस नोट पनि पठाएका थिए । तर, आखिरमा साराले आयूषको साटो सुशान्तलाई रोजिन् ।

खबरअनुसार सलमानले सारालाई म्यासेज गरेर भेट्न आग्रहसमेत गरेका थिए । तर, साराले उनलाई कुनै रिप्लाई दिइनन् । हेरौ अब यो अपमानको बदला सलमानले कसरी लिनेछन् ।

No comments:

Post a Comment

‘प्रेमगीत २’ ट्रेलरमा ‘लाइक’ भन्दा ‘डीसलाइक’ धेरै, कारण के ?

साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको...